Ipo.aspx merolagani - मुक्तिनाथ कृषि कम्पनीको आम्दानी उल्लेख्य बढ्यो, नाफा धनात्मक

मुक्तिनाथ कृषि कम्पनीको आम्दानी उल्लेख्य बढ्यो, नाफा धनात्मक

Nov 14, 2024 12:11 PM Merolagani

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २१ करोड २२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.६८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ८ करोड ४६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ६५ लाख रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७९.७३ प्रतिशत बढेको छ भने कुल आम्दानी ४०.३० प्रतिशत बढेको छ। कम्पनीको कुल सञ्चालन खर्च १६.११ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात १६९.२४ गुणा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

Nov 10, 2024 02:38 PM

अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।