Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक बढ्यो नेप्से

May 13, 2025 10:52 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १२.५३ अंक घटेर २६४९.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४३ अंक बढेर २६५०.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६९ स्टकको १५० पटकको कारोबारमा ८७ लाख ३७ हजार ८४२ रुपैयाँ २० पैसाबराबरको १० हजार ६४९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने ३६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

सुनको मूल्यमा भारि गिरावट, कतिमा झर्यो मूल्य ?

May 15, 2025 10:39 AM

जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।