Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः ३ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः ३ अंक बढ्यो नेप्से

May 15, 2025 10:53 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.०१ अंक बढेर २६२३.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५० अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४७ स्टकको ११४ पटकको कारोबारमा ३१ लाख ८६ हजार ६८६ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ६८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ।

सुनको मूल्यमा भारि गिरावट, कतिमा झर्यो मूल्य ?

May 15, 2025 10:39 AM

जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।