Ipo.aspx merolagani - एनआरएन इन्फ्रास्टक्चरको खुद नाफा ६४ प्रतिशत बढ्यो

एनआरएन इन्फ्रास्टक्चरको खुद नाफा ६४ प्रतिशत बढ्यो

Nov 12, 2020 06:18 AM Merolagani

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटड (NRN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीका अधिकांश सूचकहरुमा सुधार देखिएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा यो ६४.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको वित्तीय आम्दानीसँगै सञ्चालन मुनाफा बढेपछि खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ९१.६३ प्रतिशत बढेर ६७ लाख ९ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा २८ लाख ३८ हजार रुपैयाँबाट बढेर ५७ लाख ९२ हजार रुपैयाँ पुगेको छ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ रुपैयाँ ७ पैसा रहेको कम्पनीको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १ रुपैयाँ २३ पैसा कायम भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०३ रुपैयाँ ९२ पैसाबाट घटेर १०२ रुपैयाँ ९९ पैसामा झरेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात २८३.६६ गुणा रहेको छ।

१ अर्ब १३ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus