चालु आर्थिक वर्षको असाेज मसान्तसम्ममा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.२५ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने २५.२७ प्रतिशत घटेर ७ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको असाेज मसान्तसम्ममा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड ४७ लाख रुपैयाँ, बीमा कोषमा १२ करोड ८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९३ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात ३६.८३ गुणा रहेको छ।
यस अवधिमा कम्पनीले १७ हजार ८४६ वटा बीमालेख जारी गरी २५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यसैगरी, कम्पनीले ३४६ वटा दाबी बापत ५ करोड ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४९४ वटा दाबी बापतको ४४ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
