Ipo.aspx merolagani - २०८० सालमा सर्वाधिक कारोबार गर्ने कम्पनी नासा, दोस्रोमा को ? यी हुन् सबैभन्दा धेरै शेयर कारोबार गर्ने ‘टप टेन कम्पनी’

२०८० सालमा सर्वाधिक कारोबार गर्ने कम्पनी नासा, दोस्रोमा को ? यी हुन् सबैभन्दा धेरै शेयर कारोबार गर्ने ‘टप टेन कम्पनी’

Apr 13, 2024 05:43 PM merolagani

सुवास निरौला

सबै ब्रोकर कम्पनीलाई पछि पार्दै २०८० सालमा सबैभन्दा धेरै शेयर कारोबार गर्ने कम्पनी नासा सेक्युरिटीज भएको छ। वर्षभरिमा  नासाले ३८ अर्ब रुपैयाँको शेयर कारोबार गर्दै सबैलाई उछिनेको हो।

२०८० साल भरिमा दोस्रो बजारमा कुल ६ खर्ब १७ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भयो। जसमा नासाले मात्रै कुल कारोबारको ६.१६ प्रतिशत शेयर कारोबार गर्दै पहिलो स्थान हासिल गर्‍यो। दोस्रोमा सबैभन्दा बढी शेयर कारोबार गर्ने कम्पनीमा इम्पेरियल सेक्युरिटीज छ। उसले २७ अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच गर्‍यो। जुन कुल कारोबारको ४.४० प्रतिशत हो। तेस्रोमा भिजन सेक्युरिटीज छ। उसले २५ अर्ब ९६ करोडको शेयर कारोबार गर्‍यो। 'टप टेन' ब्रोकर कम्पनीको लिस्टको पुछारमा एबिसी सेक्युरिटीज छ। उसले १५ अर्ब ९९ करोडको शेयर कारोबार गर्‍यो।

यस वर्ष ब्रोकर कम्पनीहरूको शेयर कारोबार सन्तोषजनक देखिएको छ। २०७९ ब्रोकर कम्पनीको कारोबार औसत देखिएको थियो। यो वर्ष बजारमा सुधार देखिएको कारण पनि कारोबार सन्तोषजनक देखिएको हो। २०८० सालमा नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ४.७२ प्रतिशतले बढेको थियो। ३० चैत २०७९ मा १९३४.४७ अंकमा रहेको सूचक २८ चैत २०८० मा २०२५.७० अंकमा उक्लिएको छ। जुन समग्र सूचकमा ९१.१३ अंकको वृद्धि देखिएको छ। नेप्से सूचक सँगै सेन्सेसेटिभ,फ्लोट र सेन्सेटिभ फ्लोट सूचक भने मिश्रित देखिएका छन्। सेन्सेसेटिभ २.६६ प्रतिशतले घटेको छ। फ्लोट इन्डेक्स १.१४ प्रतिशतले बढेको छ भने सेन्सेटिभ फ्लोट सूचक ४.४९ प्रतिशतले घटेको छ।  

२०८० सालमा ८७ ब्रोकरको औसत शेयर कारोबार ७ अर्ब १० करोड रुपैयाँ छ। तर सबै ब्रोकरले एकनासले कारोबार गरेका छैनन्। ८७ ब्रोकरमा सबैभन्दा कम शेयर कारोबार पहि इन्भेस्टमेन्ट कम्पनीको छ। उसले ४४ लाखको मात्रै शेयर कारोबार गरेको छ। पुछारबाट दोस्रोमा कम कारोबार गर्ने कम्पनी रोडसो सेक्युरिटीज हो। उसले दुई करोड ९ लाखको शेयर कारोबार गर्‍यो। बेनी सेक्युरिटीज पुछारबाट तेस्रोमा छ। उसले २ करोड १० लाख रुपैयाँको शेयर कारोबार गर्‍यो भने नागरिक स्टक डिलर पुछारबाट चौथोमा छ। उसले पाँच करोड ८२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ।

पुछारमा पर्ने तीन कम्पनी दोस्रो बजारमा नयाँ भित्रिएका कम्पनी हुन्। उनीहरूले अझै आफ्ना ग्राहक वृद्धि गर्न नसकेका कारण उनीहरू पुछारमा परेका हुन्। तर दोस्रो बजारमा निक्कै आस गरिएको नागरिक स्टक डिलरले खासै ठूलो कारोबार गर्न सकेको छैन। उसले कारोबारका हिसाबले दोस्रो बजार र आम सर्वसाधारण लगानीकर्तालाई निराश नै पारेको छ। उसको चुक्ता पूँजी र बजारको बढेको कारोबार रकमले गर्दा उसको हिस्सा न्यून देखिन पुगेको हो। 

     

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Apr 12, 2024 08:31 AM

वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुको औषत ब्याजदर सामान्य घटेको छ।