Ipo.aspx merolagani - बैंकहरुलाई पूर्व अर्थमन्त्री खतिवडाको सुझाव, माइक्रोफाइनान्सबाट बाहिरिनुहाेस्, एसएमई लोनमा जानुहाेस्

बैंकहरुलाई पूर्व अर्थमन्त्री खतिवडाको सुझाव, माइक्रोफाइनान्सबाट बाहिरिनुहाेस्, एसएमई लोनमा जानुहाेस्

May 09, 2024 01:27 PM Merolagani

पूर्व अर्थमन्त्री युवराज खतिवडाको बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई लोनमा जान सुझाव दिएका छन्। बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलमा उनले यस्तो सुझाव दिएका हुन।

"माइक्रोफाइनान्सबाट बाहिरिनुस,एसएमई लोनमा जानुहाेस्।त्यो बिजनेस चल्दैन।"उनले भने "माइक्रोफाइनान्सले ल्याएकोमा भीडभाड गर्नुहुन्छ। त्यही सदस्य तान्नुहुन्छ। त्यो बेकार हो।"

उनले बैंकहरुलाई कोल्याट्रल बेस फाइनान्सिङमा जान समेत आग्रह गरेका छन्। "कोल्याट्रल लेस फाइनान्ससिङमा पार लागेन अब कोल्याट्रल बेस फाइनान्सिङमा जानुहाेस्। आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई सम्बोधन गरोस। तँपाइहरुलाई ५ प्रतिशत पुर्याउनै पर्ने स्ट्रेस पनि नदियोस।"

उनले बैंकहरुलाई आफै प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गरे। "सरकारले सबै ठिक्क परिदियोस अनि हामी टक्क लगानी गर्छाै। लगानीकर्तालाई १०/१५ प्रतिशत भनेर नबस्नुहाेस्।" उनले भने "कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भए पनि खर्च गर्नुहाेस्।"

उनले प्रोजेक्ट बेस फाइनान्सिङमा बैंकहरुको थप काम चाहिने बताए। "कसैले पकाइदेला अनि खाउला नभन्नुस। चामल, दाल, तरकारी, कुकर, स्टभ सबै ठिक छ। अलिकति बाल्न पनि सिक्नु पर्यो। त्यति काम त तपाइहरुले गर्नुपर्छ।" उनले भने "प्रोजेक्ट बेस फाइनान्सिङमा अलिकति काम चाहिन्छ।"

comments powered by Disqus