Ipo.aspx merolagani - डलरको भाउ निरन्तर चौथो दिन स्थिर, अन्य देशको कति?

डलरको भाउ निरन्तर चौथो दिन स्थिर, अन्य देशको कति?

Jun 18, 2024 05:56 AM Merolagani

अमेरिकी डलरको भाउ निरन्तर चौथो दिन स्थिर रहेको छ। गत शनिबार अर्थात असार १ गते १३४ रुपैयाँ कायम भएको डलरको बिक्रीदर, सोपश्चात आज (असार ४) गते मंगलबारसम्म पनि सोही दर कायम नै रहेको छ। त्यस्तै, खरिद दर पनि १३३ रुपैयाँ ४० पैसा नै कायम रहेको छ।

यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ५९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ ३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५५पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ २७ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा पाइन्छ।

comments powered by Disqus