Ipo.aspx merolagani - अब व्यवसायीक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

अब व्यवसायीक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

Jun 25, 2024 05:32 PM Merolagani

अब व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ। आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नपाइने जनाएको छ।

कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने विभागले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

यसले कर चुहावट कम गर्न सहयोग पुग्ने विभागले जनाएको छ। सो व्यवस्था व्यवस्था कार्यान्वयन नभए हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबार रकम मध्येको जुन बढी हुन्छ सो रकम बरावरको जरीवाना लाग्ने व्यवस्था छ।

comments powered by Disqus

न्यून चुक्ता पुँजी र ऋणात्मक इपीएस भएका कम्पनीको शेयर मूल्य उच्च किन ?

Jun 20, 2024 06:16 AM

पछिल्लो समय न्यून चुक्ता पुँजी र नकारात्मक प्रति शेयर आम्दानी भएका कम्पनीको शेयर मूल्य उच्च दरले बढ्न थालेको छ । पछिल्लो समय पालैपालो ट्रेन्डिङमा आएका माइक्रोफाइनान्स, फाइनान्स र हाइड्रोपावर कम्पनीको उच्च मूल्य भएका कम्पनीहरु प्रायः न्यून चुक्ता पुँजी र ऋणात्मक प्रति शेयर आम्दानी भएका कम्पनी नै छन् ।