कुल २ सय ५८ सांसद उपस्थिति रहेका थिए । त्यसमध्ये नेपाली कांग्रेसको ८८, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७९, जनता समाजवादी पार्टीको सात, जनता समाजवादी पार्टी नेपालको पाँच, जनमत पार्टीको चार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार र नागरिक उन्मुक्ति पार्टीको चार सांसदले दाहाल सरकारको विपक्षमा भोट हालेका छन् । यसैगरी, प्रतिनिधि सभामा १४ सिट रहेको राप्रपाले पनि नयाँ गठबन्धन सरकारको पक्षमा भोट हालेको छ । साथै राष्ट्रिय जनमोर्चाको एक सांसदले पनि सरकारको विपक्षमा भोट हालेका छन् । सरकारको विपक्षमा कुल १९४ मत परेका छन् ।
गठबन्धनमा दुई तिहाई बहुमत पुगिसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) १० गरि ६३ मत प्रधानमन्त्री दाहालको पक्षमा भोट हालेका थिए ।
आज साँझदेखि नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ । प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्नको लागि आव्हान गरेका छन् । त्यो आधारमा राष्ट्रपतिसँग नयाँ सरकार गठनको दावी गरिने र आइतबार भित्र नयाँ सरकारले पूर्णता पाइसक्ने छ ।