Ipo.aspx merolagani - सातामा १० प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

सातामा १० प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 20, 2024 06:22 AM Merolagani

यस साता नेप्से परिसूचक १० प्रतिशत बढेको छ। गत साता २२०४.६१ विन्दुमा बन्द भएको नेप्से, यस साा ९.९७ प्रतिशत अर्थात २१९.७१ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नै नेप्से परिसूचक उच्च अंक बढेको थियो भने एक कारोबार दिन सामान्य अंकको करेक्सन भएको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन देखिएको थियो।

 

नयाँ सरकार गठनसँगै शेयर बजारमा पनि उत्साह छाएको हो। अर्थमन्त्रीमा लगानीकर्ताहरुले रुचाएका विष्णु पौडेलको आगमनले लगानीकर्ताहरुको मनोबल बढाएको छ। त्यसका साथै चालु आर्थिक वर्षको मौद्रिक नीति पनि पूँजीबजार मैत्री हुने अपेक्षाले पनि यस साताको बजार उच्च दरमा बढेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ११.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १०.६८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ११.७३ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि उल्लेख्य बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ६२ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८३.५२ प्रतिशत अर्थात ४ अर्ब ८३ करोड रुपैयाँ बढी हो।

गत साताको तुलनामा यस साताको दैनिक औषत शेयर संख्या १०२.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७७.५१ प्रतिशत बढेको छ।

नेप्सेको कुल बजार पूँजीकरण पनि यस साता १० प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३४ खर्ब ९६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३ खर्ब ४९ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १३.९९ प्रतिशत बढेको छ। गत साता १९४.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६७.२१ अंक बढेर १३६२.१६ विन्दुमा पुगेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७८२.१६ अंक बढेको छ। गत साताको अन्तिम कारोबार दिन ११,१४२.२१ विन्दुमा बन्द भएको नेप्से, यस साता ११,९२४.३७ विन्दुमा पुगेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सबैभन्दा कम ४ प्रतिशत बढेको छ।

यस साता आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ३३.४० प्रतिशत बढेको छ। त्यस्तै, यस साता रिडी पावरको शेयरमूल्य साढे २९ प्रतिशत बढेको छ भने सिक्लेस हाइड्रोपावरको शेयरमूल्य करिब २८ प्रतिशत बढेको छ। यस साता मूल्य घटेका स्टकहरुको सूचीमा अधिकांश ऋणपत्र र म्युचुअल फण्ड रहेका छन्।

फ्लोरसिट विश्लेषणका आधारमा यस साता एनआईबिएल ग्रोथ फण्ड, उपकार लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, उन्नती सहकार्य लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीमा रहेका छन्।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।