Ipo.aspx merolagani - गत साता करिब ६ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता करिब ६ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jul 28, 2024 06:10 AM Merolagani

गत साता नेप्से परिसूचक करिब ६ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २४२४.३२ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.९३ प्रतिशत अर्थात १४३.८१ अंक बढेर २५६८.१३ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। गत साताको बुधबार नेप्सेमा २७ अंकको करेक्सन देखिएको थियो।

 

२६०० छोएर तल झर्यो

गत साता नेप्सेले २६०० विन्दु छोएको थियो। गत साताको बुधबार इन्ट्राडेमा नेप्सेले सो विन्दु छोएको हो। यद्यपि, सो दिन अन्तिम समयमा भने नेप्से नकारात्मक भइ बन्द भएको थियो। हाल नेप्सेको टेवा क्षेत्र २३५० देखि २३९० सम्म रहेको छ।

खरिदकर्ता हाबी

गत साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि नेप्सेले बुलिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिन नेप्से बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्सेसँगै गत साता भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १४ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ९२ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको औषत भोल्यूम ६५.०२ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुबै रेखाहरु शून्य रेखाभन्दा माथि रहेका छन्। त्यस्तै, हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ।

खरिदचाप बढी

गत साताको स्टकास्टिक आरएसआईमा नेप्से ओभरबट जोनमा रहेको छ। यसले सो साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।