Ipo.aspx merolagani - लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को प्रतिफल घोषणा

लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को प्रतिफल घोषणा

Jul 30, 2024 10:36 AM Merolagani

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ (LVF2) र लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ।

लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नती कोष (LUK) ले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन १४ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

comments powered by Disqus

संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको अधिकतम सीमा खारेज, व्यक्तिगतकाे हटेन

Jul 26, 2024 12:55 PM

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि शेयर धितो कर्जाको अधिकतम सीमा खारेज गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन्।