लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो। जसमध्ये १ हजार १०१ आवेदन रद्द भएका छन् भने १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएका छन्।
स्वीकृत आवेदनमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। त्यसरी बाँडफाँट गर्दा शेष रहेको ९.५४५ कित्ता शेयरमध्ये ९ जनालाई एक कित्ताका दरले र एक जनालाई ०.५४५ कित्ता (मिलान गर्द १ कित्ता) शेयर बाँडफाँट गरेको छ।
