Ipo.aspx merolagani - नबिल बैंकद्वारा विशेष साधारण सभा आह्वान

नबिल बैंकद्वारा विशेष साधारण सभा आह्वान

Aug 12, 2024 12:36 PM Merolagani

नबिल बैंक लिमिटेड(NABIL)ले भदौ १७ गते, विशेष सोमबार साधारण सभा आह्वान गरेको छ । आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो।

बैंकले "नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर" जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा बेयरधनीबीच छलफल गरी निर्णय गर्नका लागि साधारण सभा गर्न लागेको हो ।

comments powered by Disqus