Ipo.aspx merolagani - नेप्से ३ हजार माथि र काराेबार रकम ३० अर्ब पुगेकाे बेला यसाे भन्छन् बजार विश्लेषक ?

नेप्से ३ हजार माथि र काराेबार रकम ३० अर्ब पुगेकाे बेला यसाे भन्छन् बजार विश्लेषक ?

Aug 15, 2024 06:26 PM Merolagani

शेयर बजार निरन्तर रुपमा बढेको छ । बढ्दो क्रममा बिहीबारको बजारमा कारोबार रकमले नयाँ उचाइ कायम गरेको छ । आज झण्डै ३० अर्बको शेयर खरिद बिक्री भएर नयाँ उचाई कायम गरेको हो।

वाणिज्य बैंकहरु बढेपछि नेप्से सूचक पनि फराकिलो अंकले वृद्धि भएको छ । बजार सूचक ४२ अंकले बढेर तीन हजार माथि पुगेर बन्द भएको छ ।

कतिपय बैंकहरुको मूल्य सकारात्मक सर्किट लाग्ने गरी बढेको छ । बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश भइरहेको छ भने संस्थागत लगानीकर्ताको उपस्थिती पनि बढ्दो छ। जसले गर्दा लगानीकर्ताको रोजाईमा आधारभूत रुपमा बलिया कम्पनीहरु परेका छन् । शेयर बजारमा संस्थागत लगानीकर्ता अझै भित्रनै बाँकी रहेको बजार विश्लेषक सुन्दर रायमाझीले बताए ।

 

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।