Ipo.aspx merolagani - गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएकी स्कुटर चालककाे पहिचान खुल्याे

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएकी स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM Merolagani

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा मृत्यु भएकी स्कुटर चालककी पहिचान खुलेकाे छ। बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।

२३ वर्षीय सुस्मा दोलखास्थित मेलुङ-४ की बासिन्दा हुन् । काठमाडौंको बागबजार बस्दै आएकी सुस्मा चलाएको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो । नेपाली ट्रकको चक्कामुनि परेकी थिइन् । स्थानीयले सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको दाबी गरेका छन् ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । अवस्था तात्तिदै गएपछि गठ्ठाघरमा अश्रुग्यास प्रहार गरिएकाे थियाे ।

 

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।