Ipo.aspx merolagani - एचआईडिसिएलको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

एचआईडिसिएलको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Aug 22, 2024 09:17 AM Merolagani

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) अर्थात एचआईडिसिएलले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयरका लागि बोलपत्र पेश गर्ने आज (भदौ ६ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको शेयर गत साउन २९ गतेदेखि बिक्रीमा ल्याएको थियो। सो शेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका शंखमुल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

comments powered by Disqus

आकाशमा उडिरहेकाे जहाजका पाइलटले ल्याण्डिङ गर्न आउँदैन भनेपछि मच्चियाे काेलाहल

Aug 20, 2024 08:02 PM

जहाज आकाशमा उडिरहेकाे थियाे । अचानक पाइलट ककपिटबाट बाहिर निस्कन्छन् र यात्रुहरूलाई भन्छन्, "मलाई विमान अवतरण गर्ने तालिम दिइएको छैन।" यात्रुहरू तीन छक्क पर्छन् । कल्पना गराैँ त, कस्ताे भयावह अवस्था हुन्छ?