Ipo.aspx merolagani - सानिमा म्युचुअल फण्डका ३ फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा म्युचुअल फण्डका ३ फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 10, 2024 10:10 AM Merolagani

भदौ २५ गते, मंगलबार, सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ सानिमा इक्विटी फण्ड (SAEF), सानिमा लार्ज क्याप फण्ड (SLCF) र सानिमा ग्रोथ फण्डले भोली अर्थात भदौ २६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षका लागि कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्ड (SAGF) ले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित यी फण्डहरुको कोष प्रबर्द्धक सानिमा बैंक लिमिटेड रहेको छ।

comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।