Ipo.aspx merolagani - ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा २ बैंकले बढाए, कुन बैंकको बढ्यो? कुनको घट्यो?

९ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा २ बैंकले बढाए, कुन बैंकको बढ्यो? कुनको घट्यो?

Sep 16, 2024 09:24 AM Merolagani

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् भने २ वाणिज्य बैंकहरुले घटाएका छन्। बैंकहरुले असोज महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर सूचना अनुसार यस्तो देखिएको हो।

भदौ महिनाको तुलनामा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। यस्तो ब्याजदर बढाउने बैंक भने कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड रहेका छन्। बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

यससँगै बैंकहरुको औषत ब्याजदर पनि घटेको छ। भदौ महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, असोजमा ०.१३ प्रतिशतविन्दु घटेर ६.५२ प्रतिशत विन्दुमा झरेको छ।

comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।