Ipo.aspx merolagani - आँखुखोला जलविद्युत कम्पनीको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

आँखुखोला जलविद्युत कम्पनीको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Oct 06, 2024 09:12 AM Merolagani

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले असोज ११ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरका लागि बोलपत्र पेश गर्ने आज (असोज २० गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १.५ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गरेको हो।

कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो। सो शेयरमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगञ्ज, बराहताल (सुर्खेत) र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Jan 21, 2025 07:00 AM

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।