Ipo.aspx merolagani - आजसम्म कायम शेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद शेयरमा आवेदन दिन पाउने

आजसम्म कायम शेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद शेयरमा आवेदन दिन पाउने

Oct 24, 2024 06:36 AM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म शेयरधनी कायम हुनुपर्नेछ। अर्थात हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोली कात्तिक ९ गते बुकक्लोज गर्दैछ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले असोज १४ गते अनुमति दिएको थियो।