जाडोको समयमा तपाईंको कारको एसीलाई बेवास्ता गर्दा यसले क्षति पुर्याउन सक्छ वा खराब हुन सक्छ। जाडो मौसममा तापक्रम घट्न थालेपछि अधिकांशले कारको एसी प्रयोग गर्न छाेड्छन् । उनीहरूले एसीलाई अर्काे गर्मी महिना नआउन्जेलकाे ३ देखि ४ महिनासम्म बन्द राख्छन् ।
हामी सामान्यतया यो तथ्यलाई बेवास्ता गर्छौं तर, बारम्बार स्विच अफ गर्दा तपाईंको एसी प्रणालीलाई नोक्सान हुन सक्छ । यसरी, अन्जानमा नै एसी खराब हुन सक्छ। जाडोमा पनि कारको एसी राम्रो अवस्थामा राख्नका लागि हामी तपाईँलाई केही सजिलो टिप्स बताउन गइरहेका छौं।
लीकबाट बच्ने
कैयाैं मानिसहरूले कारको एयर क्नडिनसिङ सिस्टमबाट केवल चिसो गराउन सकिन्छ भन्ने सोच्छन् । तर यथार्थमा, यो एक आधारभूत, चार-सिजन प्रणाली हो जसले तपाईंको गाडी भित्र आरामदायक अवस्थाहरू प्रदान गर्दछ।
जाडोमा कम तापक्रमका कारण एसी सिस्टमकाे प्रणालीका सिलहरू र नलीहरू सुक्न सक्छ । यसले गर्दा चुहावट हुन सक्छ। जाडोमा नियमित रूपमा एसी चलाउँदा रेफ्रिजेरेन्ट प्रणाली चल्छ। जस कारण यसको कम्पोनेन्ट लुब्रिकेट रहन्छ र एसीलाई क्षतिबाट जोगाउन सकिन्छ।
यो सरल मर्मत कार्यले तपाईँको एसीलाई यसको उत्कृष्ट अवस्थामा फिर्ता ल्याउँछ र गर्मीमा एक पटक फेरि विश्रामको आनन्द दिन तयार हुन्छ।
खराब गन्धबाट बच्ने
जाडोको ओसिलो र चिसो अवस्थाले तपाईंको कारको एसी प्रणालीमा मोल्डको वृद्धि गराउँछ। यसले दुर्गन्ध मात्र नभई यात्रुलाई श्वासप्रश्वासको समस्या जस्ता स्वास्थ्य जोखिममा पार्ने गर्दछ।
यसको सामना गर्ने उत्तम उपाय भनेको जाडोमा आफ्नो कारको एसी नियमित रूपमा चलाउनु हो। यसले प्रणाली भित्रको आर्द्रता हटाउन मद्दत गर्दछ । यसले मोल्ड निम्त्याउँछ। डिफ्रोस्ट मोडकाे प्रयोग गर्नु पनि राम्रो हुन्छ। यसले सडकमा नयाँ र राम्रो अनुभवको लागि केबिनलाई डिह्यूमिडिफाइ गर्दै एसी कम्प्रेसरलाई सक्रिय पार्छ ।
यसका साथै, धेरै महिनासम्म बन्द रहने एसीले यसको कम्पोनेन्टहरू, विशेष गरी कम्प्रेसरमा दबाब दिन्छ। नियमित प्रयोगले कम्प्रेसरलाई राम्रोसँग लुब्रिकेट राख्छ र सिलहरूलाई सुक्नबाट रोक्छ र क्षति कम गर्दछ।
जाडोमा पनि आफ्नो एसी सिस्टमलाई मेन्टेन राख्दा समस्याहरूबाट बच्न सकिन्छ र यसको आयु पनि बढाउन सकिन्छ। यसरी, फेरि गर्मी आउँदा एसी पुनः काम गर्न तयार रहन्छ ।
दक्षता वृद्धि
कारलाई चिसो पार्नु बाहेक, तपाईंको कारकाे एसीले ऊर्जा दक्षता (एनर्जी इफिसिंयसी) र पर्यावरण-मित्रतालाई पनि समर्थन गर्दछ। कैयाैं पटक जाडोमा एसी चलाउँदा महँगो मर्मतमा पर्नु अघि नै सानातिना समस्याहरू पत्ता लगाउन सकिन्छ। यसरी, तपाईंको सिस्टम अप्टिमम लेभलमा रहन्छ।
राम्रोसँग मर्मत गरिएको एसी सिस्टम सञ्चालन गर्न कम ऊर्जा चाहिन्छ। यसका साथै, इन्धन दक्षतामा पनि सुधार हुन्छ र तपाईंको गाडीको वातावरणीय प्रभावलाई कम गर्छ। आफ्नो एसीको वर्षभरि हेरचाहलाई प्राथमिकता दिएर तपाईंले आरामको सुनिश्चितता मात्र गरिरहनुभएको छैन तर अझ दिगो भविष्यतर्फ पनि अघि बढिरहनुभएकाे छ ।
डिफ्रोस्टिङ परमफर्मेन्स निगरानी गर्ने
जाडोमा कारको एसीले तापक्रमलाई नियन्त्रण गर्ने मात्र होइन, यसले तपाईंको विन्डस्क्रिन र झ्यालहरू डिफ्रोस्ट गर्छ। डिफ्रोस्ट मोडमा राख्दा, हावाबाट पानी हटाउन एसी कम्प्रेसर सक्रिय हुन्छ । यसले फगिंग हुनबाट पनि रोक्छ र यसरी सुरक्षित ड्राइभिङका लागि सबै कुरा सफा रहन्छ।
यद्यपि, जाडो महिनामा एसीलाई बेवास्ता गर्दा यसको डिफ्रोस्टिङ कार्यलाई हानि पुऱ्याउन सक्छ।साेहि कारण आर्द्रता र चिसो अवस्थामा भिजिबिलिटी र सुरक्षा कम हुन सक्छ। एसीको नियमित प्रयोगले यसलाई प्रभावकारी र भरपर्दो राख्छ। यसरी, तपाईँलाई सडकमा सुरक्षित राख्न याे तयार छ।
नियमित मर्मतसम्भार
आफ्नो कारको एसी मेन्टेनमा राख्न र यसलाई राम्राे काम गर्ने अवस्थामा राख्नकालागि हरेक साता केही मिनेट नसकाल्नुपर्छ। एसी निरन्तर चलाउँदा यसको पार्ट्स लुब्रिकेट रहन्छ र जाडो महिनामा पनि काम गर्छ। कुनै पनि असामान्य आवाजहरू आउँदा सचेत रहनुपर्छ । यो एसीमा समस्याको संकेत हुन सक्छ।
त्यसैगरी, भेन्टबाट निस्कने हावा चिसो छ र यो उचित तापक्रममा चलिरहेकाे छ भनी सुनिश्चित गर्नुपर्छ। यदि त्यसाे भइरहेकाे छैन भने, यसले भित्रको समस्यालाई संकेत गर्न सक्छ।
यसका साथै एसी सिस्टम सफा गर्नुपर्छ, कन्डेनसरबाट सबै फोहोर र धुलो हटाउनुपर्छ र आवश्यक भएमा क्याबिन एयर फिल्टर सफा गर्नुपर्छ वा परिवर्तन गर्नुपर्छ। सफा एसी सिस्टम बढी प्रभावकारी रूपमा चल्छ र लामो समयसम्म चल्छ जसले तपाईंलाई समयमै मर्मतबाट बच्न मद्दत गर्दछ।
एजेन्सी ।