भारतमा यसको प्रारम्भिक मूल्य २ लाख ३५ हजार भारतीय रूपैयाँ ताेकिएकाे छ । याे बाइककाे शीर्ष मोडेलको लागि २ लाख ३८ हजार भारू (एक्स-शोरूम, चेन्नई) निर्धारण गरिएकाे छ।
यस बाइकमा धेरै परिवर्तन गरिएको छ । यसले बाइकलाई क्लासिक भन्दा पूर्ण रूपमा फरक बनाउँछ। बबर स्टाइलको यो मोटरसाइकल कम्पनीको मोटोभर्स राइडिङ फेस्टिभलमा लन्च गरिएको हो । नयाँ गाेअन क्लासिक ३५० मोटरसाइकल कुल चार डुअल टोन कलर विकल्पहरूमा उपलब्ध हुनेछ। उपलब्ध हुने कलरमा रेभ रेड, ट्रिप टिल, पर्पल हेज र शक ब्ल्याक कलर भेरियन्टहरू समावेश छन्।
भेरियन्ट्स र मूल्य ः
रङ मूल्य (एक्स-शोरूम)
ट्रिप टिल २,३५,००० भारु
पर्पल हेज २,३५,००० भारु
शेक ब्ल्याक २,३५,००० भारु
रेभ रेड २,३८,००० भारु
गोअन क्लासिक ३५०ः लुक र डिजाइन
गोअन क्लासिक ३५० रेगुलर क्लासिक ३५०मा आधारित छ। तर, बबर स्ट्यान्स र अपील कायम राख्न डिजाइन र उपकरणहरूमा धेरै परिवर्तनहरू गरिएको छ। क्लासिक जस्तै यो बाइक पनि डबल डाउन ट्युब चेसिसमा बनाइएको छ । यस बाइकमा सबफ्रेम छैन तर यसको साटाेमा हटाउन सकिने पिलियन सीट (पछाडी बस्ने यात्रुकाे सीट)का साथमा बबर स्टाइलको ओभरह्याङ सीट पाउन सकिनेछ।
बाइकको अगाडि एलईडी हेडल्याम्प र क्लासिक ३५० जस्तै सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल छ । तर, बाइकको ह्यान्डलबार क्लासिकभन्दा ठ्याक्कै फरक छ । यसमा एपीई ह्यान्डलबार दिइएको छ। यसबाहेक, फर्वार्ड-सेट फुटपेगहरू र ७५० एमएमको तल्लो सिटको उचाइले यो बाइकलाई उपयुक्त बबर शैली दिन्छ।
के याे बाइक नियमित क्लासिक भन्दा फरक छ?
हालको रेगुलर क्लासिक ३५० मोडलमा कम्पनीले अगाडि १९ इन्च र पछाडि १८ इन्च पाङ्ग्रा दिएको छ । नयाँ गोअन क्लासिकको अगाडि १९ इन्च र पछाडि १६ इन्चका पाङ्ग्राहरू छन्। साेहि कारण, बाइकको पछाडिको भाग निकै तल देखिन्छ । तर चक्काहरूको यो व्यवस्थापन बबर स्टाइलका लागि एकदम सही छ।
यसको टायरमा व्हाइट वाल कलरकाे प्रयोग गरिएको छ । यसबाहेक, स्ल्याश-कट साइलेन्सरले बाइकको साइड प्रोफाइलमा पनि सुधार गर्दछ। सेतो रङको टायर र स्टाइलिस सिटले यस बाइकको स्पाेर्टनेसलाई थप बढाएको छ । रोयल इन्फिल्डले गोअनलाई ट्यूबलेस वायर-स्पोक ह्वीलहरू प्रदान गरेको छ। यसरी, यसले पङ्चरको झन्झट पनि हटाउने कम्पनीले जनाएकाे छ।
इन्जिन र पर्फर्मेन्स ः
याे बाइकको इन्जिन मेकानिज्म क्लासिक ३५०को जस्तै छ। गोअनमा पनि त्यस्तै जे-सीरीज ३४९ सीसी सिंगल-सिलिन्डर एयर-कूल्ड इन्जिन छ। यसले २० बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ। यसलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।
सुविधाहरू र हार्डवेयर:
सुविधाहरूको बारेमा कुरा गर्दा, गोअन क्लासिकमा स्पीडोमिटर, ओडोमिटर, ट्रिपमिटर, गियर स्थिति सूचक, ट्रिपर नेभिगेसन प्रणाली र यूएसबी चार्जिङ पोर्ट जस्ता जानकारीहरू प्रदर्शन गर्न डिजिटल-एनालग कन्सोल दिइएकाे छ । मोटरसाइकलको अगाडि टेलिस्कोपिक फोर्क र रियरमा ट्वीन शक एब्जर्बर सस्पेन्सन सेटअप रहेको छ । ब्रेकिङको कुरा गर्दा, गोअन क्लासिक ३५०मा डिस्क ब्रेक दुवै छेउमा उपलब्ध छन्। जसमा डुअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) जडान गरिएको छ । याे बाइकको तौल १९७ किलो छ ।