यौनकर्मी महिलालाई पनि सुत्केरी बिदा र पेन्सन दिने बेल्जियम विश्वकै पहिलो राष्ट्र बनेको छ। विश्वका अरू देशमा यौन व्यवसायलाई राज्यले त्यसरी संरक्षण प्रदान गर्दैन, धेरै देशमा त यौन व्यवसायमाथि कडा प्रतिवन्ध नै छ । त्यसैले बेल्जियमको निर्णयले विश्वभर नै नयाँ बहस सृजना गरेको छ । सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्नेहरुले यस्लाई ऐतिहासिक क्रान्ति भनेका छन् भने अन्य कतिपयले भने उक्त निर्णयले समाजलाई थप विकृत बनाउने चिन्ता व्यक्त गरेका छन् ।
बेल्जियममा कति यौनकर्मी छन् भन्ने यकिन छैन । सरकारी अधिकारीहरु करिब २६ हजार यौनकर्मी रहेको अनुमान गरेका छन् ।
स्मरणरहोस विश्वभरि झन्डै ५.२ करोड यौनकर्मी रहेको अनुमान गरिएको छ । बेल्जियमको यो निर्णयले ती सबै यौनकर्मीलाई प्रोत्साहित गरेको दावि अन्तराष्ट्रिय संचारमाध्यमहरुले गरेका छन् ।