Ipo.aspx merolagani - नेप्से र कारोबार रकम दुबै बढ्यो

नेप्से र कारोबार रकम दुबै बढ्यो

Dec 02, 2024 03:09 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १९.९७ अंक बढेर २७५८.०४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको १ लाख ३ हजार ४८१ पटकको कारोबार १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ८.७२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ५९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ४९ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको साढे २७ करोडभन्दा बढी शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ४.९९ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक १.९१ प्रतिशत बढेको छ। यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक करिब २ प्रतिशत घटेको छ।

comments powered by Disqus