यसअघि सन् २०१७ मा पनि यस्तै सम्झौता भएर खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा चिनियाँ सहयोगमा परियोजनाहरु निर्माण भएका थिए । अहिलेको सहयोग त्यसैको निरन्तरता भएको बताइएको छ ।
त्यस्तै, चीनले नेपाल सरकारलाई बजेटरी सहयोग गर्ने गरी नगद सहयोग सम्बन्धी सम्झौता भए पनि कति नगद सहयोग प्राप्त हुने भन्ने चाहिँ खुलाइएको छैन ।
त्यस्तै सन् २०२४ देखि २०२९ सम्म विभिन्न विकास योजनामा सहयोग लिने सम्बन्धी सम्झौता पनि भएको छ । यसमा पनि कति रकम नेपालले प्राप्त गर्ने भन्ने उल्लेख गरिएको छैन, तर यसवापत आउने सबै रकम अनुदान नै अर्थमन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
चीनले लामो समयदेखि निर्माणको प्रतिबद्धता गरेको टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि सघाउने सम्बन्धी समझदारीपत्रमा पनि नेपाल र चीनबीच हस्ताक्षर भएको छ ।
असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने सम्बन्धी समझदारी पनि भएको छ ।
सन् २०१६ मै नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता गर्ने सहमति भए पनि हालसम्म त्यो हुन सकेको छैन । अहिले त्यसबारेमा सम्झौता प्रधानमन्त्री ओलीको भ्रमणको उपलब्धि मानिएको छ ।