त्यसैगरी हुन्डाई नेपालका एक प्रतिनिधिको अनुसार ६०० युनिट नयाँ क्रेटाको बुकिङ्ग पनि भइसकेको र बढ्दो मागलाई सम्बोधन गर्न अब नयाँ बुकिङ्गहरूको लागि दुई महिना वेटिङ अवधि राखिएको छ।
यसका साथै कम्पनीले आगामी दिनहरूमा पनि गाडी वितरणको क्रममा सधैँ झैँ उत्कृष्ट ग्राहक सेवालाई निरन्तरता दिने जनाएको छ। विद्युतीय गाडीहरूको बिक्री बढिरहेको समयमा पनि अत्याधुनिक प्रविधि, उत्तम डिजाइन र विशेष सुविधाहरू प्रदान गर्दै नयाँ क्रेटा, ग्राहकहरुको सर्वाधिक रोजाईमा पर्न सफल भएको छ ।