Ipo.aspx merolagani - आन्तरिक राजस्व विभागको सर्भरमा एक साता देखि समस्या, करदाता हैरान, विभागप्रति कर अधिकृतहरु नै आक्रोशित

आन्तरिक राजस्व विभागको सर्भरमा एक साता देखि समस्या, करदाता हैरान, विभागप्रति कर अधिकृतहरु नै आक्रोशित

Dec 04, 2024 04:01 PM mero lagani

आन्तरिक राजस्व विभागको सर्भरमा एक सातादेखि समस्या समाधान नहुँदा सेवाग्राही हैरान भएका छन् । लगइन नहुने, फाइल अपलोड नहुने समस्याले देखिएको छ ।

विभागले राखेको नयाँ सर्भरमा समस्या आएको र पुरानो सर्भरबाट काम चलाउदा करदातालाई दिने सुविधा प्रभावित बताएको छ । ‘छिटो छरितो काम गर्नको लाई नयाँ सर्भर जोडिएको हो, तर त्यसमै ठूलो समस्या देखिँदा पुरानो सर्भरबाट काम चलाइएको छ । पुरानो सर्भर पनि राम्रोसँग नचल्दा समस्या भएको हो,’ एक कर अधिकृतले मेरोलगानीसँग भने ।

उनका अनुसार कर अधिकृतहरुले पटक पटक यो गुनासो विभागलाई सुनाउँदा पनि चासो नदिएको बताए । ‘सेवाग्राहीको अगाडि हामी पर्नु पर्छ र उनीहरुले हामीसँग आक्रोस पोखिरहेका छन् । तर, हामी केही गर्न सक्दैनौ । हाम्रो गुनासोलाई विभागका हाकिम सावहरु काम हुँदैछ भनेर टारिदिन्छन्, त्यसको मारमा करदाता मात्र होइन, हामी पनि परिरहेका छौ,’ उनले भने ।

आन्तरीक राजस्व विभागका अधिकारीहरु नयाँ सर्भरमा अनावश्यक फाइलहरु धेरै अपलोड गरिएकोले समस्या आएको हो । ‘फाइलहरु हटाएर समस्या समाधानका लागि प्रयास भैरहेको छ, छिट्टै समस्या समाधान हुनेछ,’ उनको भनाइ छ ।

comments powered by Disqus