Ipo.aspx merolagani - २८ सय कट्न हाइ क्याप नै चल्नु पर्ने हो ?

२८ सय कट्न हाइ क्याप नै चल्नु पर्ने हो ?

Dec 04, 2024 05:53 PM Merolagani

पछिल्लो समय नेप्से सूचकलाई २८०० विन्दुको अवरोध काट्न कठिन परेको छ। पटक पटकको परिक्षणपश्चात पनि बजारले सोही विन्दुमा अवरोध सामना गर्नु परेको छ।

बजारमा कम पूँजी रहेकै कम्पनीहरुमा मात्रै लगानीकर्ताहरुको आकर्षण बढ्दा बजारले उक्त अवरोध तोड्न नसकेको विश्लेषण गरिएकाे छ। बजारमा उच्च पूँजी रहेका कम्पनीहरु चल्न नसक्दा पनि बजार दिगो रुपमा अघि बढ्न सकेको छैन।

पछिल्लो समय २२ सय देखि ३ हजारसम्म नेप्से बढ्दा बजारमा हाइ क्याप कम्पनीहरु शत प्रतिशतसम्म बढेको कारण पनि ती कम्पनीहरु चल्ल केही समय लाग्न सक्ने लगानीकर्ताहरुको अनुमान छ। ती कम्पनीहरु अहिले रेष्ट गरिरहेका छन्।

हाइक्याप कम्पनीहरु नचलेसम्म बजारले पनि २८ सयकाे विन्दु पार गर्न कठिन हुन सक्ने  विश्लेषण उनीहरुको छ। दीर्घकालीन लगानीकर्ताको लागि भने अहिले खरिद गर्नको लागि राम्रो अवसर रहेको उनीहरु बताउँछन्।

comments powered by Disqus