Ipo.aspx merolagani - सन् २०२४ मा साढे २४ प्रतिशत बढ्यो नेप्से, कुन स्टकको मूल्य सर्वाधिक बढ्यो? कुनैको सबैभन्दा बढी घट्यो?

सन् २०२४ मा साढे २४ प्रतिशत बढ्यो नेप्से, कुन स्टकको मूल्य सर्वाधिक बढ्यो? कुनैको सबैभन्दा बढी घट्यो?

Dec 31, 2024 04:47 PM Merolagani

सन् २०२४ को अन्तिम कारोबार दिन सकिएको छ। यस दिन नेप्से परिसूचक ३३.०८ अंक घटेर २५७६.५० विन्दुमा झरेको छ। यद्यपि, सन् २०२४ मा भने नेप्से परिसूचक बढेको छ।

सन् २०२४ मा नेप्से परिसूचक २४.५३ प्रतिशत बढेको छ। सन् २०२३ को अन्तिम कारोबार दिन अर्थात २८ डिसेम्बर, २०२३ मा २०६८.९० विन्दुमा बन्द भएको नेप्से, सन् २०२४ को अन्तिम कारोबार दिन अर्थात आज (३१ डिसेम्बर, २०२४) ५०७.६० अंक बढेर २५७६.५० विन्दुमा पुगेको छ।

त्यस्तै, सन् २०२४ मा सेन्सेटिभ इण्डेक्स १५.३८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २२.७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १७.३८ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये यस वर्ष व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५८ प्रतिशत बढेको छ। सन् २०२३ को अन्तिम कारोबार दिन २८६७.७५ विन्दुमा बन्द भएको व्यापार उपसमूहको परिसूचक, यस वर्ष १६६३.२४ अंक बढेर ४५३०.९९ विन्दुमा पुगेको छ। त्यस्तै, यस वर्ष वित्त उपसमूहको परिसूचक ५६.९४ प्रतिशत बढेको छ। यस वर्ष म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ७.२५ प्रतिशत मात्र बढेको छ। यस वर्ष सो उपसमूहको परिसूचक १.३७ अंक बढेर २०.२६ विन्दुमा पुगेको छ।

यस वर्ष समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १ हजार ८५५.२२ प्रतिशत बढेको छ। सन् २०२३ को अन्तिम कारोबार दिन १७६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य, यस वर्ष ३ हजार ४४५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यस बाहेक यस वर्ष गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २८६.४६ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य २८४.३५ प्रतिशत बढेको छ।

 

सबैभन्दा बढी मूल्य घटेको कम्पनी भने यस वर्ष एनआईसी एशिया बैंक रहेको छ। सो बैंकको शेयरमूल्य यस वर्ष २४.८ प्रतिशत घटेको छ। सन् २०२३ मा ५१२ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस वर्ष ३८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस वर्ष हिमालयन डिष्टिलरीको शेयरमूल्य २१.३५ प्रतिशत घटेको छ।

 

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।