Ipo.aspx merolagani - सातामा साढे २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

सातामा साढे २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jan 25, 2025 06:01 AM Merolagani

यस साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५८८.६२ विन्दुमा बन्द भएको नेप्से, यस साता २.५४ प्रतिशत अर्थात ६५.७३ अंक बढेर २६५४.३५ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन नेप्से घटेको थियो। यस साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से सामान्य अंक घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १०.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९१ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब २२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २८.८१ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २८.११ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २७.८८ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण २.५४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ९३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ९ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २ अर्ब पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ९.४० प्रतिशत बढेको छ। गत साता १९०४.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साा १७९.०१ अंक घटेर २०८३.२९ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५०१.१८ अंक बढेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८५ प्रतिशत घटेको छ। गत साता २६३९.९६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७५.२१ अंक घटेर २५६४.७५ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा १ करोड १० लाख २२ हजार ६५२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक २७.६६ प्रतिशत बढेको छ। गत साता १ हजार १७५ रुपैयाँमा रहेको यस कम्पनीको शेयरमूल्य, यस साता १ हजार ५०० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता दोल्ती पावरको शेयरमूल्य करिब साढे २६ प्रतिशत बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य २५ प्रतिशत बढेको छ। कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक २३.९४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कर्पोरेट डेभलपमेन्ट बैंक, आशा लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सनराइज फस्ट म्युचुअल फण्ड, गरिमा विकास बैंक, मिड सोलु हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Jan 21, 2025 07:00 AM

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।