Ipo.aspx merolagani - अभियान लघुवित्त नाफामा

अभियान लघुवित्त नाफामा

Feb 04, 2025 12:30 PM Merolagani

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नोक्सानीमा रहेको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ३७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ६ करोड २४ लाख रुपैयाँ नोक्सानीमा थियो।

खुद ब्याज आम्दानी धनात्मक भएसँगै लघुवित्तको नाफा पनि धनात्मक भएको हो।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको खुद ब्याज आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड ३१ लाख रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ५६.३८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५८४.७८ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४७ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ रुपैयाँ ३ पैसा धनात्मक भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२८.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ८१ पैसा रहेको छ।

२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड २० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।