Ipo.aspx merolagani - ‘पर्ख र हेर’ को अवस्थामा आरम्भ चौतारी लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

‘पर्ख र हेर’ को अवस्थामा आरम्भ चौतारी लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

Feb 08, 2025 05:59 PM Merolagani

यस साता लघुवित्त उपसमूहको परिसूचक ३.४६ प्रतिशत बढेको छ। गत साता ४९६५.८१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १७१.६१ अंक बढेर ५१३७.४२ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ।

लघुवित्तको शेयरमूल्य यस साता ४६ रुपैयाँ १० पैसा बढेको छ। गत साता १ हजार १३५ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयर, यस साता १ हजार १८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

 

‘पर्ख र हेर’ को अवस्था

हाल लघुवित्तको शेयरमूल्य ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी कारोबार दिनमा लघुवित्तको शेयरमूल्य उकालो लागेमा १ हजार २६५ देखि १ हजार ५२५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने १ हजार ७० देखि १ हजार ११० को क्षैत्रमा टेवा पाउने देखिन्छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा लघुवित्तको शेयरमूल्यले स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले गत साता लघुवित्तको शेयरमा लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा लघुवित्तको शेयरमूल्य बढ्न सक्ने संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता लघुवित्तको शेयरमूल्यसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता लघुवित्तको दैनिक औषतमा १५ हजार २६४ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम ८ हजार ८७४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा लघुवित्तको गत साताको दैनिक औषत भोल्यूम ७२ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता लघुवित्तको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यसका साथै यी दुबै रेखा र हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता लघुवित्तको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ।

खरिदचाप बढी

यस साता लघुवित्तको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले सो साता लघुवित्तको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६१.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेर इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.२४ प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन मुनाफा १०.६० प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ९७ लाख रुपैयाँ रिभर्स भएको छ जसका कारण खुद नाफा र सञ्चालन आम्दानी दुबै उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.६४ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा झरेको छ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ७९ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ ९९ पैसा बढेर १७ रुपैयाँ ७९ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ७२ लख रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात ६६.३९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ८.४४ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको ३६ लाख ७१ हजार ४३४.०९ कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य १ हजार ७८ रुपैयाँ ७३ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य १ हजार ४९१ रुपैयाँ रहेको छ भने न्यून मूल्य ५८५ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण ४ अर्ब ३३ करोड ६३ लाख ३० हजार ८०३ रुपैयाँ ७० पैसा रहेको छ।

ब्रोकर १९ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर १९ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको ८ हजार ४७४ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४२ ले लघुवित्तको ५ हजार ९०५ कित्ता शेयर खरिद गरेको छ भने ४८ ले ५ हजार १२८ कित्ता शेयर खरिद गरेको छ। लघुवित्तको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर ४२ रहेको छ। यस साता सो ब्रोकरले लघुवित्तको १० हजार १८२ कित्ता शेयर बिक्री गरको छ।

न्यूट्रल जोन

फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।