Ipo.aspx merolagani - आजदेखि कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो?

आजदेखि कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो?

Feb 09, 2025 01:00 PM Merolagani

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) आज (माघ २७ गते) आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको छ। कम्पनीले आजै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद आर्जित बीमाशुल्क ११ करोड ८७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी १५ करोड ३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी ८ करोड २७ लाख रुपैयाँ र कुल खर्च १३ करोड ८७ लाख रुपैयाँ रहेको छ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको महाविपत्ती कोषमा १३ लाख ५१ हजार रुपैयाँ, रिटन्ड अर्निङ्गमा ७७ लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४१ पैसा रहेको छ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।