Ipo.aspx merolagani - गत साता करिब ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

गत साता करिब ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Mar 16, 2025 05:43 AM Merolagani

गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २८१८.४३ विन्दुमा बन्द भएको नेप्से, गत साता २.९१ प्रतिशत अर्थात ८१.९५ अंक घटेर २७३६.४८ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। सो साताको अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

 

टेवा तोडेर झर्यो नेप्से

गत साता नेप्से परिसूचक २७५० देखि २८०० को टेवा क्षेत्र तोडेर तल झरेको छ। जसका कारण सो क्षेत्र यस साताको लागि प्रतिरोध क्षेत्र बनेको छ। आगामी दिनमा नेप्से ओरालो लागेमा २६३० देखि २६८० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले हरियो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ८ अर्ब ७७ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १० अर्ब २० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १४.०१ प्रतिशत कम हो।

बियरिश क्रशओभर

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा गत साता नेप्सेले बियरिश क्रशओभर बनाएको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले बजार घट्ने संकेत गर्दछ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा बढ्दै गएको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।