Wed, Mar 26, 2025
गभर्नरकाे दाैडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् ।
आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा काम गरिरहेका छन् । राष्ट्र बैंक गभर्नर आकाँक्षी श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।