Ipo.aspx merolagani - खुद ब्याज आम्दानीसँगै बढ्यो माछापुच्छ्रे बैंकको नाफा

खुद ब्याज आम्दानीसँगै बढ्यो माछापुच्छ्रे बैंकको नाफा

Apr 20, 2025 01:03 PM Merolagani

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.६४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १३.०६ प्रतिशत र सञ्चालन मुनाफा ५२.७६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९४ करोड ४३ लाख रुपैयाँबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १२ रुपैयाँ ६५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३६ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २० पैसा रहेको छ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ५३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा १ खर्ब ६९ अर्ब ६५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ६१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।