Ipo.aspx merolagani - दुई लघुवित्तको शेयरमूल्य समायोजन

दुई लघुवित्तको शेयरमूल्य समायोजन

Apr 24, 2025 08:43 AM Merolagani

बैशाख ११ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले स्वाभिमान लघुवित्तको ५ प्रतिशत र स्वरोजगार लघुवित्त (SLBBL) को १३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात स्वाभिमान लघुवित्तको शेयरमूलय १ हजार ७३६ रुपैयाँ कायम भएको छ भने स्वरोजगार लघुवित्तको ८४६ रुपैयाँ ३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा स्वाभिमान लघुवित्तको अन्तिम मूल्य १ हजार ८२२ रुपैयाँ ८६ पैसा र स्वरोजगार लघुवित्तको ९६० रुपैयाँ २४ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यका आधारमा यस दिन दोस्रो बजारमा यी लघुवित्तहरुको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।