Ipo.aspx merolagani - सपोर्ट जोन नजिक सिद्धार्थ बैंक, हेरौँ कम्पनी विश्लेषण

सपोर्ट जोन नजिक सिद्धार्थ बैंक, हेरौँ कम्पनी विश्लेषण

Jul 19, 2025 06:14 PM Merolagani

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक ६.१३ प्रतिशत बढेको छ। गत साता १४५४.२१ विन्दुमा बन्द भएको बैंकिङ्ग उपसमूहको परिसूचक, यस साता ८९.१२ अंक बढेर १५४३.३३ विन्दुमा पुगेको छ।

यसै उपसमूहअन्तर्गतको एक कम्पनी हो सिद्धार्थ बैंक (SBL)।

यस साता बैंकको शेयरमूल्य ३० रुपैयाँ २७ पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३५६ रुपैयाँ ९६ पैसा रहेको बैंकका अन्तिम मूल्य, यस साताको बिहीबार ३८७ रुपैयाँ २३ पैसा कायम भएको छ।

 

सपोर्ट जोन नजिक

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य सपोर्ट जोन नजिक बन्द भएको छ। हालको लागि बैंकको सपोर्ट जोन ३६३ देखि ३७८ सम्म रहेको छ। आगामी साता बैंकको शेयरमूल्य बढेमा ४२३ देखि ४४४ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बैंकको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन लामो टुप्पी भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिभर बैंकको शेयरमूल्य बढेपनि अन्तिम समयमा घटेर बन्द भएको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म बैंकको शेयरमा ४ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये ३ सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने एक सिग्नलमा स्टपलस गर्नु परेको थियो। हाल मेरोलगानी एआई चार्टले बैंकको शेयरमा कुनै पनि सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता बैंकको भोल्यम पनि बलियो रहेको छ। यस साता बैंकको दैनिक औषत भोल्युम ४ लाख ५० हजार ५११ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूम भने २ लाख ४६ हजार ८१७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ८२.५२ प्रतिशत बढी हो। गत साताका पाँचै कारोबार दिन २० दिने औषत भोल्यूमभन्दा बढी कारोबार भएको थियो।

बुलिश प्रवृत्ति

पछिल्लो समय बैंकको एमएसिडी रेखा र सिग्नल रेखा दुबै सकारात्मक क्षेत्रमा रहेको छ। बैंकको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुबै बीचको दूरी फराकिलो रहेको छ। यसले कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन बैंकको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि निष्क्रिय कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.९५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.५२ प्रतिशतबाट बढेर ४.०४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा २.०४ प्रतिशत घट्न पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ८४ लाख रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १४ अर्ब ८ करोड रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब १४ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकको निक्षेप २.६२ प्रतिशत बढेको छ भने कर्जा ६.३८ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७९ पैसा रहेको छ भने बुकभ्यालु २०७ रुपैयाँ ४८ पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको पीई रेशियो २४.५२ गुणा र प्राइस टु बुकभ्यालु रेशियो १.८७ गुणा रहेको छ। त्यसैगरी, बैंकको आरओई ७.६१ प्रतिशत रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको १४ करोड ८ लाख ९९ हजार ८०१.९० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य २९५ रुपैयाँ ३४ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ४०८ रुपैयाँ रहेको छ भने न्यून मूल्य २६१ रुपैयाँ रहेको छ। गत बिहीबारको अन्तिम मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ५४ अर्ब ५६ करोड ६ लाख ३० हजार २८९ रुपैयाँ ७४ पैसा रहेको छ।

ब्रोकर नम्बर ३४ बाट सर्वाधिक खरिद

फ्लोरसिट विश्लेषण गर्दा यस साता ब्रोकर नम्बर ३४ ले बैंकको सर्वाधिक शेयर खरिद गरेको छ भने सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर २८ नम्बर रहेको छ। ब्रोकर नम्बर ३४ ले यस साता बैंकको २ लाख २ हजार कित्ताभन्दा बढी शेयर खरिद गरेको छ। ब्रोकर नम्बर २८ ले भने यस साता बैंकको ३ लाख ३३ हजार कित्ताभन्दा बढी शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले ग्रीड जोनबाट एक्स्ट्रीम ग्रीड जोनतर्फ गइरहेको देखिन्छ। यसले लगानीकर्ताहरुमाझ बैंकको शेयरमूल्य अझ बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।