Ipo.aspx merolagani - अमेरिकी निर्णयले बंगलादेशको कपडा उद्योग अस्तव्यस्त, ४० लाख रोजगारी गुम्न सक्ने

अमेरिकी निर्णयले बंगलादेशको कपडा उद्योग अस्तव्यस्त, ४० लाख रोजगारी गुम्न सक्ने

Jul 19, 2025 12:19 PM mero lagani

अमेरिकाले बंगलादेशबाट आउने हरेक सामानमा ३५ प्रतिशत महसुल (ट्यारिफ) लगाउने घोषणा गरेको छ । त्यसको कार्यान्यन अर्काे साता अर्थात् अगस्ट १ देखि शुरु हुनेछ । 

अमेरिकाको यो निर्णयले बंगलादेशको खासगरि कपडा (गार्मेण्ट) उद्योग थला पर्न सक्ने आशंका गरिएको छ । किनकी बंगलादेश चीनपछि विश्वको दोस्रो सबैभन्दा धेरै कपडा निर्यात गर्ने देश हो । विश्वमा सबैभन्दा धेरै कपडा निर्यात गर्ने अन्य देशहरुमा चीन र बंगलादेशपछि क्रमशः भियतनाम, भारत, जर्मनी, टर्की आदी देशहरु हुन् ।

बंगलादेशले गत वर्ष ३८.४८ अर्ब डलरको कपडा निर्यात गरेको थियो ।

बंगलादेशको कपडा उत्पादन र निर्यातको क्षेत्रमा विश्वको तेस्रो ठूलो देश भियतनामसंग व्यापार सम्झौता गरे लगत्तै अमेरिकाले बंगलादेशी उत्पादनलाई ३५ प्रतिशत आयात कर लगाउने घोषणा गरेको छ । त्यसमाथि भारतसंग पनि अमेरिकाको व्यापारिक विवाद कायम छ । आएका अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई रुसबाट पेट्रोलियम पदार्थ खरिद नगर्न चेतावनी दिंदै त्यसो नगरेमा गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिइसकेका छन् । त्यो भनेको कपडा लगायतका भारतीय उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोध सृजना गर्नु हो ।

 

बंगलादेशको कुल कपडा निर्यातको ठूलो हिस्सा अमेरिकाले ओगटेको छ । २०२४ मा बंगलादेश र अमेरिकाबीच द्विपक्षीय व्यापार १०.६ अर्ब डलर भएको थियो । ती मध्ये बंगलादेशको अमेरिका निर्यात ८.४ अर्ब डलर छ र अमेरिकाबाट आयात २.२ अर्ब डलरको छ । अमेरिकासंग बंगलादेशको व्यापार नाफा ६.२ अर्ब डलरको छ । त्यो न्यायोचित नभएको र अमेरिकाले व्यापार घाटा सहन नसक्ने भन्दै राष्ट्रपति ट्रम्पले अतिरिक्त करको घोषणा गरेका हुन् ।

अमेरिकाको पछिल्लो निर्णयले बाङ्लादेशको अर्थव्यवस्थामा ठूलो असर पार्ने सम्भावना छ । त्यसैले बंगलादेशी सरकारले अमेरिकी निर्णयलाई विस्मयकारी र विनाशकारी भनेको छ ।

अमेरिकी घोषणा भएपछिको असरको मूल्यांकन गर्दै बाङ्लादेशको न्यूज वेबसाइट द बिजनेस स्ट्यान्डर्डले लेखेको छ—जब एक बाङ्लादेशी निर्यातकले १० डलरको पोलो शर्ट अमेरिका पठाउँछ, अमेरिकन खरिदकर्तालाई यो ११.१६ डलरमा पर्छ । किनकि अमेरिका १६ प्रतिशत आयात शुल्क लगाउँछ । तर एक अगस्टदेखि अमेरिका ३५ प्रतिशत टैरिफ लगाउँथ्यो भने सोही शर्टको मूल्य १५.१० डलर हुनेछ । अर्थात् यस शर्टको मूल्यमा ५१ प्रतिशतको वृद्धि हुनेछ ।

कपडाको निर्यातमा बाङ्लादेशको प्रतिस्पर्धा भियतनामसँग छ । तर, अमेरिकाले भियतनाका उत्पादनमा भने अमेरिकाले २० प्रतिशत मात्र कर लिने घोषणा गरेको छ । यसको अर्थ भियतनामबाट जाने कपडामा अमेरिकी बजारमा बाङ्लादेशको तुलनामा १५ प्रतिशत कम शुल्क लाग्नेछ । यसले अमेरिकी बजारमा बाङ्लादेशको कपडा निर्यातमा नकारात्मक प्रभाव पार्नेछ र निर्यातकर्ताहरूमा ठूलो दबाव सिर्जना गर्नेछ । बंगलादेशमा लगभग ४० लाख मानिसहरूले कपडा उद्योगबाट रोजगारी पाएका छन् । अमेरिकाले ३५ प्रतिशत कर लगाएपछि धेरै कपडा उद्योगहरु बन्द हुने वा उनीहरुले उत्पादन घटाउने र त्यसबाट रोजगारीमा समेत प्रतिकूल असर पर्ने निश्चित देखिएको छ ।

बंगलादेशका थिंक ट्यांक सेन्टर फोर पोलिसी डायलगकी कार्यकारी निर्देशक डा. फहमीदा खातुनले अमेरिकी निर्णयले बंगलादेशी कपडा उद्योग मात्र नभएर पूरै अर्थतन्त्रमा गम्भिर असर पार्ने दावी गर्छिन् । उनका अनुसार बंगलादेशको अर्थतन्त्रको मेरुदण्ड मानिने कपडा उद्योग धाराशायी हुनुकोअर्थ बैंक, बीमा, यातायात र पूर्वाधार क्षेत्रहरु पनि अस्तव्यस्त हुनु हो ।

‘बंगलादेशले जति सक्दो तयारी पोशाक उद्योगमा निर्भरता घटाउनु पर्छ । र, अब छाला, माछापालन लगायतका उद्योगहरुका ध्यान केन्द्रित गर्नुपर्छ, त्यो भन्दा अर्काे भरपर्दाे विकल्प छैन ।’ उनको भनाइ छ

ग्लोबल ट्रेड रिसर्च इनिसियटिभका संस्थापक अजय श्रीवास्तव बंगलादेशले कपडा उद्योगको लागि आवश्यक पर्ने कपास र धागो लगायतका कच्चा पदार्थहरु चीनबाट ल्याउने गरेकोले पनि अमेरिकाले आपत्ती जनाइरहेको बताउंछन् । ‘चीनको कच्चा पदार्थबाट बनेका समानलाई बंगलादेशी भनेर किन छुट दिने ? बंगलादेशले आफ्नै कच्चा पदार्थमा आधारित रहेर कपडा उत्पादन गरोस् भन्ने अमेरिकी भनाइ रहेको छ । तर बंगलादेशले आवश्यकता पूर्ती गर्ने गरि कपास र धागो उत्पादन गर्न सक्दैन’ श्रीवास्तवको भनाइ छ ।

अमेरिकाले भियतनामसंग केही दिन अघि व्यापार सम्झौता गरेको छ । जस अनुसार भियतनामले आफ्नो बजारलाई पूर्ण रूपमा अमेरिकी लागि खोलिदिएको छ भने अमेरिकाले भियतनामका उत्पादनलाई बढीमा २० प्रतिशत कर लगाउने घोषणा गरेको छ । त्यसको अर्थ अमेरिका बंगलादेशसहित अरु देशहरुलाई ३५ प्रतिशत कर लगाएर भियतनामलाई त्यो भन्दा कम्तिमा १५ प्रतिशत थोरै कर लगाउंदैछ, त्यो भनेको भियतनामका उत्पादनलाई अमेरिकी बजारमा सहज प्रवेश दिनु नै हो । अमेरिका भियतनाम व्यापार सम्झौताले बंगलादेशसहितका विभिन्न देशलाई झड्का नै दिएको छ ।

गत वर्ष अमेरिकाको भियतनामसँग व्यापार घाटा १२३.५ अर्ब डलर थियो भने बंगलादेशसँगको व्यापार घाटा ४६.२ अर्ब डलर थियो । अर्थात् बंगलादेशको तुलनामा अमेरिकाको व्यापार घाटा भितनामसंग झण्डै साढे २ गुना धेरै छ । तर पनि अमेरिका भियतनामसंग लचिलो भैरहेको छ भने बंगलादेशसंग कडारुपमा प्रस्तुत भैरहेको छ ।

अमेरिकाको यो रणनीति भने बुझि नसक्नुको भएको विश्लेषकहरु बताउंछन् ।

 

comments powered by Disqus

हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।