Ipo.aspx merolagani - ३० अर्ब ठगी प्रकरणमा अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी, भारतबाट विदेश भाग्न सक्ने आशंका

३० अर्ब ठगी प्रकरणमा अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी, भारतबाट विदेश भाग्न सक्ने आशंका

Aug 07, 2025 02:09 PM mero lagani

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले उद्योगपति अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ । मुद्रा निर्मलीकरण (मनि लण्डरिङ) को विषयमा मंगलबार १० घण्टासम्म बयान लिए लगत्तै ईडीले उक्त सूचना जारी गरेको छ । 

उक्त सूचना लगत्तै देशभरका अन्तराष्ट्रिय विमानस्थल, प्रहरी कार्यालयहरु र सीमा नाकाहरुमा सर्तकता अपनाइएको छ ।

कुनै संदिग्ध अभियुक्त देश छोडेर भाग्न सक्ने आशंका लागेमा सम्वन्धित सरकारी निकायले त्यसरी सूचना जारी गर्ने गर्छन् ।

भारतका सबैभन्दा धनी मुकेश अम्बानीका भाई तथा रिलायन्स ग्रुपका अध्यक्ष अनिल विरुद्ध ३० अर्ब भारतीय रुपैयाँ अपचलनको विषयमा उजुरी परेपछि ईडीले छानबिन शुरु गरेको थियो । त्यसक्रममा उनका कैंयौं उद्योग र व्यवसायीक फार्महरुमा छापा मारिएको थियो भने मंगलबार बयानको लागि बोलाइएको थियो ।

बिहान ११ बजेबाट शुरु भएको बयान राती ९ बजेसम्म चलेको थियो । उक्त बयान लगत्तै ‘लुक आउट नोटिस’ जारी भएकोले ईडी अम्बानीको बयानबाट सन्तुष्ट नभएको बरु पक्राउ पर्न सक्ने डरले विदेश भाग्न सक्ने अनुमान गरेको भारतीय संचारमाध्यहरुले उल्लेख गरेका छन् ।

comments powered by Disqus

वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।