Ipo.aspx merolagani - चुक्ता पुँजीभन्दा बढी सञ्चिति मुनाफा भएपछि लघुवित्तमा झुम्मिए लगानीकर्ता, वित्तीय विवरण प्रकाशित गरेका २४ मध्ये १६ ले १५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने

चुक्ता पुँजीभन्दा बढी सञ्चिति मुनाफा भएपछि लघुवित्तमा झुम्मिए लगानीकर्ता, वित्तीय विवरण प्रकाशित गरेका २४ मध्ये १६ ले १५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने

Aug 10, 2025 05:26 PM Merolagani

५६ सय ८८ को टप लागेर घटेको माइक्रोफाइनान्स उपसूचक ५३ सयको टेको पाएर विगत ४ कारोबार दिनदेखि बढिरहेको छ । चालु आवको मौद्रिक नीतिमा १५ प्रतिशतसम्म मात्रै लाभांश दिन पाउने लाभांशको क्याप पुनरावलोकन हुने घोषणासँगै लगानीकर्ता माइक्रोफाइनान्सको शेयरमा आकर्षित भएका हुन् ।

बीचमा पुनरावलोकनमा ढिलाई हुने हल्लासँगै घट्न थालेको माइक्रोफाइनान्स समूह पुनः बढ्न थालेको छ । अहिलेसम्म २४ वटा माइक्रोफाइनान्सले चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् जसमध्ये २ वटाको वितरणयोग्य प्रति शेयर आम्दानी ऋणात्मक रहेको छ भने ६ वटा कम्पनीको वितरण योग्य प्रति शेयर आम्दानी १५ रुपैयाँ भन्दा न्यून छ । १६ वटा लघुवित्तको वितरणयोग्य प्रति शेयर आम्दानी १५ रुपैयाँ भन्दा माथि छ । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांशको माथिल्लो सीमा पुनरावलोकन गरेमा १६ वटा कम्पनीले १५ प्रतिशत भन्दा बढी लाभांश बाँड्न सक्छन् ।

समाज लघुवित्त र आत्मनिर्भर लघुवित्तले ५० प्रतिशतभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । सर्पोट, स्वामिमान, मिथिला, सीवाईसी नेपाल, गुराँस, महाुली र उपकारले ३० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने क्षमता छ । यता ग्लोबल आईएमई र आशाले २० देखि ३० प्रतिशतसम्मको लाभांश क्षमता रहेको छ । हिमालय, गणपति, उन्नति सहकार्य र इन्फिनिटी र कालिका माइक्रोफाइनान्सको लाभांश क्षमता भने १५ देखि २० प्रतिशतको रेन्जमा रहेको छ

अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका माइक्रोफाइनान्सको नेटवर्थ अधिकतम २ सय ५८ देखि न्यूनतम १ सय २५ रुपैयाँसम्म रहेको छ भने प्रति शेयर आम्दानी ६२ रुपैयाँ १० पैसादेखि ८ रुपैयाँ ८४ पैसासम्म रहेको छ । तेस्रो त्रैमासिकसम्म पनि खुद मुनाफा ऋणात्मक रहेका कम्पनीहरु थिए । माइक्रोफाइनान्स कम्पनीको सञ्चित मुनाफा पनि विस्तारै बढ्दै गएको देखिएको छ २४ वटामध्ये मेरो माइक्रोफाइनान्सको सबैभन्दा बढी ८२ करोड ४६ लाख रुपैयाँ सञ्चिति मुनाफा रहेको छ भने सबैभन्दा कम समाज लघुवित्तको ३ करोड ६३ लाख रुपैयाँ सञ्चित मुनाफा रहेको छ। समाज लघुवित्तको मुनाफा रकममा सानो भए पनि कम्पनीको चुक्ता पुँजी भन्दा बढी रहेको छ । कम्पनीको चुक्ता पुँजी २ करोड २९ लाख रुपैयाँ हुँदा रिजर्भ ३ करोड ६३ लाख रुपैयाँ पुगेको हो ।

कतिपय माइक्रोफाइनान्सको सञ्चित मुनाफा चुक्ता पुँजी भन्दा पनि बढी रहेको छ । अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेको २४ वटा माइक्रोफाइनान्समध्ये सीवाईसी नेपाल, आत्मनिर्भर, ग्लोबल आईएमई, उपकार र समाज लघुवित्तको सञ्चिति मुनाफा चुक्ता पूँजी भन्दा बढी रहेको वित्तीय विवरण प्रकाशित गरेका छन्।

सीवाईसी नेपाल लघुवित्तले चुक्ता पुँजी भन्दा २० करोड ५६ लाख रुपैयाँ बढी सञ्चित मुनाफा भएको वित्तीय विवरण प्रकाशित गरेका छन् । आत्मनिर्भर लघुवित्तले चुक्ता पुँजी भन्दा १४ करोड ४८ लाख बढी, ग्लोबल आईएमईले ९ करोड ५० लाख बढी, माहुलीले ५ करोड ३२ लाख बढी, उपकारले २ करोड ४६ लाख बढी र समाजले १ करोड ३४ लाख रुपैयाँ बढी सञ्चिति मुनाफा गरेको वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

 

 राष्ट्र बैंकले लाभांशको १५ प्रतिशत क्याप पुनरावलोकन गर्ने घोषणा गर्नु र लघुवित्तको वित्तीय विवरण आकर्षक आउनुले बढी लाभांश आउने आशामा लगानीकर्ता माइक्रोफाइनान्सको शेयरमा झुम्मिएको एक लगानीकर्ताले बताए

 

comments powered by Disqus

कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।