Ipo.aspx merolagani - सिटि होटलको शेयरमूल्य समायोजन

सिटि होटलको शेयरमूल्य समायोजन

Aug 12, 2025 09:59 AM Merolagani

साउन २७ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटि होटल (CITY) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ८० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५७८ रुपैयाँ ४२ पैसा पुगेको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दास्रो बजारमा कम्पनीको अन्तिम मूल्य ९६१ रुपैयाँ १५ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus