Ipo.aspx merolagani - बजार बढ्ने बलियो आधार बनेकै छैन

बजार बढ्ने बलियो आधार बनेकै छैन

Aug 12, 2025 06:38 PM Merolagani

शेयर बजार २८ सयको मनोवैज्ञानिक अवरोध क्षेत्र भन्दा तल्ल झरेको छ । पछिल्लो समय बजारले घट्दो क्रमलाई निरन्तरता दिएको छ ।

मंगलबारको बजार २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको छ । यस दिन ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारले नयाँ उचाइ बनाउने प्रतिक्षामा रहेका लगानीकर्ता झन झन दबाबमा परेको देखिन्छ । समग्र अवस्था अनुकुल भएको छ । तर बजारले सकारात्मक प्रतिकृया जनाउन सकिरहेको छैन । दिन प्रतिदिन कारोबार रकम घट्दो अवस्थामा रहेको छ । यसले बजार कमजोर हुँदै गरेको हो वा साइडवेजमा रहने संकेत गरेको हो भन्ने सोच्न बाध्य बनाएकाे छ ।

सूचीकृत भएका कम्पनीको वित्तीय विवरण सार्वजनिक भइरहेकाे छ । यसले बजारमा सकारात्मक माहोल सिर्जना गर्नु पर्ने हो । तर बजार उल्टो झन घटेको छ । यसले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई दुविधा बनाएको छ । बजार बढ्को लागि बलियो आधार बन्नु पर्ने शेयर बजारका सफल लगानीकर्ता राजेश्वर तिवारी बताउँछन ।

विगतका बुल हुनुमा बलिया आधार थिए । यस पटकको बजारमा त्यस्तो बलियो आधार नबनेको उनको बुझाई छ । सरकारको अस्थिर नीतिको दबाबमा बजार धेरै समय रह्यो । त्यसको त्रासबाट लगानीकर्ता मुक्त हुन नसक्दा बजारमा अल्पकालीन लगानीकर्ताको हावी भएको तिवारीको भनाइ छ ।

comments powered by Disqus

वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।