Ipo.aspx merolagani - यस वर्ष चाडपर्व लक्षित कस्ता स्किम दिँदैछन् अटो कम्पनीहरु, ग्राहक तान्न नगद छुटदेखि विदेश भ्रमणसम्मको सुविधा

यस वर्ष चाडपर्व लक्षित कस्ता स्किम दिँदैछन् अटो कम्पनीहरु, ग्राहक तान्न नगद छुटदेखि विदेश भ्रमणसम्मको सुविधा

Sep 07, 2025 01:45 PM merolagani

यस वर्षका मुख्य चाडपर्वहरु नजिकिँदै छन् । आगामी असोज १६ गते बिजयादशमी वा बडादशैं पर्व परेको छ भने कात्तिक ६ गते तिहार पर्व परेको छ । 

यसवर्ष पनि विभिन्न अटो कम्पनीहरुले आफ्नो सवारीप्रति ग्राहकलाई आकर्षण गर्ने हेतुले विभिन्न अफर तथा स्किमहरु ल्याइरहेका छन् ।

हुन त यसअघि काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीस्थलमा सम्पन्न भएका नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२५ देखि नै विभिन्न अटो कम्पनीहरुले विभिन्न चाडपर्व लक्षित अफर समेत सार्वजनिक गरिसकेका छन् । अटो प्रदर्शनी अघिदेखि नै कतिपय अटो कम्पनीले आफ्नो सवारीको बिक्री बढाउन ग्राहकलाई विभिन्न स्किम र अफर दिने गरेका छन् ।

कतिपय अटो कम्पनीहरुले चाडपर्व लक्षित स्किमहरु ल्याउने क्रम बढिरहेको छ । नेपालमा चाडपर्वका बेला हुनेले नयाँ कपडा र गाडीहरु किन्ने चलन छ । अटो व्यवसायीहरुले पनि चाडपर्वकै बेलामा आफ्नो प्रडक्टलाई कसरी ग्राहकसम्म अधिकतम बिक्री गर्ने भनेर विभिन्न स्किम तथा अफरहरु ल्याउने गरेका छन् । जुन, विगतदेखि नै चल्दै आएको परम्परा समेत हो । यसपाली चाडपर्वका बेलामा कतिपय अटो व्यवसायीहरुले नगद छुट, बीमा सुविधासहित कतिपयले भने विदेश भ्रमणसम्म गर्न सक्ने गरी आफ्ना अफरहरु सार्वजनिक गरेका छन् ।

हेरौं, अटो कम्पनीले ल्याएका स्किमहरु निम्नानुसार छन् ।

एलएस अटो कम्पनीले एलइभी ०१ इभी गाडीको खरिदमा १ लाखसम्मको नगद छुट दिइरहेको छ । त्यस्तै, कम्पनीले एक लाख एक्सचेन्ज बोनस, गाडी खरिदमा २० प्रतिशत डाउन पेमेन्ट, निशुल्क बीमा, १० केजीको वासिङ मेशिन र जोडीका लागि ६ दिन सिंगापुर अथाव मलेसिया भ्रमण गर्न सक्ने गरी आफ्नो अफर सार्वजनिक गरेको छ ।

कम्पनीको इभी स्पेसिफिकेशनअनुसार, ६७.१२ किलोवाटको ब्याट्री, ५०० किलोमिटर रेन्ज, २१० मिमि ग्राउन्ड क्लियरेन्स, फास्ट चार्जर र ८ वर्षको वारेन्टीको सुविधा दिएको छ । त्यस्तै, होन्डाले चाडबाडका लागि दशैंमा होन्डा छानौं ‘चंगा उड्छ फरर’ योजना ल्याएको छ । कम्पनीले भदौ ७ गतेदेखि कात्तिक १४ गतेसम्म यो योजना लागु गर्दै होन्डा सिटी, सिटी इभी, इलेभेट, अमाजे, पाँचौ जेनेरेसन सिटीजस्ता गाडीहरुमा विभिन्न अफरहरु ल्याएको छ ।

जसमा कम्पनीले ४ लाखसम्मको नगद छुट, ५ वर्ष निःशुल्क सर्भिस, १ वर्ष निशुल्क बीमा, १ वर्ष रोड ट्याक्स निशुल्क, २५ हजारको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, २ वर्ष इन्जिन वारेन्टी र एकपटक रोडसाइड सहायता दिनेगरी आफ्ना अफरहरु सार्वजनिक गरेको छ ।

त्यस्तै, हुन्डाइ नेपालले पनि चाडपर्व लक्षित दशैं तिहार फेस्टिभल अफर योजनाअन्तरगत विभिन्न आकर्षक सुविधा तथा छुटको व्यवस्था गरेको छ । कम्पनीले आर्कषक नगद छुट, स्क्रयाच कार्डमार्फत थप १ लाख क्यासब्याक, दुइ लक्की बिजेताले हुन्डाइ औरा वा ग्रान्ड आइ १० एनआइओएस जित्ने मौका आम ग्राहकले पाउनेछन् । कम्पनीले १ वर्ष निःशुल्क कम्प्रिहेन्सिभ बीमाको समेत सुविधा दिएको छ ।

एमजीले पाथस् अफ स्माइल फेस्टिभल स्किम योजनाअन्तरगत विभिन्न अफरहरु सार्वजनिक गरेको छ । एमजी४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, एमजी एस५ इभी र एमजी आइएम६ इभी गाडीहरुको खरिदमा थ्प्रै आकर्षक सुविधाहरु ल्याएको छ ।

जसमा कम्पनीले ग्राहकका लागि ४ लाखसम्म नगद छुट, निशुल्क कम्प्रेन्सिभ अटो पल्स बीमा, निःशुल्क ३ किलोवाट इभी होम चार्जर पाउन सकिनेलगायतका सुविधाहरु दिएको छ । त्यस्तै, बिवाइडीका इलेक्ट्रिक कारहरुको खरिदमा ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ र १० वर्षका लागि ब्याट्री र मोटरमा विस्तारीत वारेन्टीको सुविधा दिएको छ । त्यस्तै टाटा र टोयटा मोडेलका गाडीहरुको खरिदमा पनि ग्राहकले विशेष अफर पाउन सक्नेछन् ।

त्यस्तै, सुजुकीले पनि यसपालीको चाडबाडलाई लक्षित गरेर दुई पाङ्ग्रे सवारीमा ‘दशैं आयो, क्यास पायो’ योजना सार्वजनिक गरेको छ । जसमा ७ हजार देखि ५ लाखसम्मको नगद छुट, एक्सचेन्ज तथा फाइनान्स सुविधा, ५ वर्षको वारेन्टी र निःशुल्क सर्भिसिङ, १ वर्षको रोड ट्याक्स निशुल्क र ‘सियोर सट’ योजनामा १० हजार रुपैयाँसम्मको छुट सुविधा समेत पाइने कम्पनीले जनाएको छ ।

यी बाहेक अन्य धेरै अटो कम्पनीहरुले पनि विभिन्न चाडपर्व लक्षित अफर तथा स्किम योजना ल्याइरहेका छन् ।

 

comments powered by Disqus