Sun, Sep 14, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन । उनी गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन् ।
सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय बनाइएको छ । सोही कार्यालयमा कार्कीले पदभार ग्रहण गरेकी हुन् ।
अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।