Ipo.aspx merolagani - जेनजी आन्दोलनमा मृत्यु हुनेकाे संख्या ७२ पुग्याे, मृतकका प्रत्येक परिवारलाई दश लाख दिने सरकारकाे निर्णय

जेनजी आन्दोलनमा मृत्यु हुनेकाे संख्या ७२ पुग्याे, मृतकका प्रत्येक परिवारलाई दश लाख दिने सरकारकाे निर्णय

Sep 14, 2025 11:54 AM merolagani

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी, प्रहरी र कैदीबन्दी गरेर हालसम्म ७२ जनाको मृत्यु भएको छ ।

हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी गरि ७२ जनाको मृत्यु भएको हो ।

त्यस्तैगरी हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भइ विभिन्न अस्पतालमा उपचारका क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री सुशिला कार्कीले मृतकप्रति भावपूर्ण  श्रद्धाञ्जली दिँदै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरिन्।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै मृतकका प्रत्येक परिवारलाई सरकारले दश लाख रुपैँया दिने समेत घोषणा गरिन् ।

comments powered by Disqus

अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।