Ipo.aspx merolagani - ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुल्यो

‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुल्यो

Sep 14, 2025 02:40 PM Merolagani

जेनजी’ आन्दोलनपछि बन्द रहेको गड्डाचौकी सीमा नाका पाँच दिनपछि पुनः खुलेको छ। भारतीय सीमासुरक्षा बल (एसएसबी) ले पाँच दिनअघि नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएपछि नाका बन्द भएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अब भारतीय पक्षले नेपाल–भारत मैत्री बसलाई नेपाल प्रवेश गर्न अनुमति दिएको छ। साथै गड्डाचौकीस्थित ७ नम्बर सीमा पिल्लरसम्म सवारीसाधनको आवागमनसमेत सुरु भएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिँदै भने, “यसअघि शारदा ब्यारेजसम्म मात्रै सवारीसाधन चल्ने अवस्था थियो, तर आजदेखि गड्डाचौकी नाकासम्मै यातायात सञ्चालनमा आएको छ। साथै नेपाल–भारत मैत्री बस पनि नेपाल भित्रिएको छ।”

भारतीय सीमासुरक्षा बल (एसएसबी) ले आजदेखि नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न अनुमति दिन थालेको छ। यसअघि गत बुधबारदेखि एसएसबीले कुनै स्पष्ट कारण नखुलाइ नेपाली नागरिकको प्रवेशमा रोक लगाएको थियो।

गड्डाचौकी नाका सुदूरपश्चिम क्षेत्रको प्रमुख सीमा नाका हो, जहाँ दैनिक सयौं नागरिकको ओहोरदोहोर हुने गर्छ। नाका पुनः सञ्चालनमा आएसँगै स्थानीय र यात्रुहरूमा सहजता आएको छ।

comments powered by Disqus

अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।