गत सोमबार र मंगलबार ‘जेनजी’ आन्दोलनका क्रममा मन्त्रालय भवनमा भएको आगलागीले संरचना पूर्ण रूपमा ध्वस्त भएपछि वैकल्पिक स्थानको खोजी भइरहेको थियो। मन्त्रालयका सचिव डा.विकास देवकोटाका अनुसार एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा मन्त्रालय सञ्चालनको तयारी तीव्र रूपमा भइरहेको छ।
“स्वास्थ्य मन्त्रालयको पछाडि रहेको एनएचआरसीको नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगेको छ,” डा. देवकोटाले जानकारी दिए।
उक्त नयाँ भवन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को लागि निर्माण गरिएको भए पनि हालको आपतकालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयको वैकल्पिक कार्यस्थलको रूपमा प्रयोग गरिने भएको हो।
स्वास्थ्य मन्त्रालयको मूल भवन आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि सेवा प्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले वैकल्पिक स्थानबाट सेवा सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।